FLASH NEWS
  • Loading...

चर्चित गायक पन्नाकाजी अब रहेनन्

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail

 

 

काठमाडौ- तिरीरी….. मुरली बज्यो वनैमा…………कस्को यो संझना लौ मेरो मनैमा……..चर्चित यस गीतका गायक पन्नाकाजी शाक्य अब हामी माझ रहेनन । काल्जीय गीतका पन्नाकाजीको ८५ वर्षो उमेरमा आफ्नै निवास ताहाचालमा बुधवार निधन भएको छ । उनी बुढ्यौलीसँगै लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए ।
बि.सं १९८८ साल पौष १५ गते काठमाडौंको ओमबहालमा जन्मेका पन्नाकाजीले बाल्यकालबाटै  गीत गाउन थालेका थिए । उनले सुरुमा नाटक र गीतलाईसँगसँगै अगाडि बढेका थिए । बि.सं २००७ सालमा गायककै रुपमा रेडियो नेपाल प्रवेश गरे, त्यसपछि गायनमै रमे । २०२२ सालमा रेडियो नेपालद्धारा आयोजित गायन प्रतियोगितामा उनी प्रथम भएका थिए । त्यो प्रतियोगिताबाट साँगेतिक क्षेत्रमा उनको निकै चर्चा भयो । जसको कारण उनलाई संगीतमा झन् सशक्त भएर लाग्न उत्साह जाग्यो र थुपै गीत गाए । उनको अन्य पनि थुप्रै कालजीय गीत छन् ।
लामो समय संगीतमा बिताएका पंन्नाकाजीले गोरखा दक्षिणबाहु, वीरेन्द्र पदक, नातीकाजी सम्मान र इमेज अवार्ड लगाएका सम्मान पाएका छन् ।पछिल्लाे समय उनको परिवार नै संगीत क्षेत्रमा लागेको छ । उनको छोरा प्रवेशमान र पवित्रमान पनि गायक छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित