FLASH NEWS
  • Loading...

सरकार निर्वाचनबाट भाग्न खोजेको छ -उपनेता नेम्वाङ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail


विराटनगर—नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले निर्वाचनको वातावरण विगार्न सरकारले संविधान संशोधनको विधेयक ल्याएको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा उनले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाउ“दै निर्वाचनसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारले आलटाल गरिरहेको बताए । उनले सरकारले निर्वाचनको सम्बन्धमा सार्वजनिक प्रतिबद्धता जनाएको भएपनि उनले निर्वाचनसम्बन्धी दुईवटा विधेयक ल्याएको भनेर जनतालाई भ्रमित गर्न खोजेको पनि जानकारी गराए । पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्नेमा सो नगर्ने काम संविधानविपरीत भएको भन्दै उनले सरकारले जिम्मेवारी वहन नगरी निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए । उनले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुनुपर्ने उल्लेख गर्दै असन्तुष्ट पक्षस“ग सम्वाद गर्ने पक्ष राम्रो भएपनि कसैको चित्त नबुझेको बहानामा निर्वाचनलाई रोक्नु नहुने उनको तर्क थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित