FLASH NEWS
- Loading...
तेस्रो हिसान खेलकुद सप्ताह हुँदै
- गोल्डेन खबर
- ६ साल अघि
- ६ पटक पढिएको

काठमाडौं—उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को आयोजनामा आईतबारदेखि राष्ट्रव्यापी ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ हुने भएको छ ।
प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्घिचाल, कविता, वक्तृत्वकला र टङ अफ वार हुनेछ । विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरुको योग्यता र क्षमतालाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट प्रस्फुटनका लागि कार्यक्रम गरिएको हिसानका अध्यक्ष रमेश सिलवालले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नाराका साथ सम्पन्न हुने सप्ताह हिमालयन ह्वाइटहाउस कलेज, तीनकुनेमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस