FLASH NEWS
  • Loading...

भागबन्डामा राजदूत नियुक्त गरिने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail

काठमाडौं–राजदूत नियुक्तका सम्बन्धमा सत्तारुढ दलहरुबीचमा भागबन्डा भएको छ ।
अघिल्लो ओली सरकारले सिफारिस गरेका राजदूतको नाम वर्तमान दाहाल सरकारले फिर्ता लिएपछि ती ठा“उमा सत्तारुढ दलहरुले भागबन्डा गरेर राजदूत सिफारिस गर्न लागेका हुन् ।
यसै साताभित्र १३ देशका लागि राजदूत नियुक्त हुनेछन् । जसमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसजन्य दलबीच भागबन्डा गरिएको हो । भागबन्डाअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्रको भागमा ४ र राप्रपा र मधेसजन्य दलहरुको भागमा ३ जना परेका छन् ।
अहिले साउदी अरेविया, दक्षिण कोरिया, इजरायल, दक्षिण अफ्रिका, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अष्ट्रेलिया र म्यानमार राजदूत छैनन् । र, यी देशहरुमा राजदतको पद खाली भएकाले सहसचिव स्तरका कर्मचारीले कार्यबाहक राजदूतका रुपमा काम गरिरहेका छन् ।
गत वैशाखमा केपी ओली नेतृŒवको सरकारले २२ देशका लागि राजदूतहरु नियुक्तिको सिफारिस गरेको थियो । जसमा १३ जना कर्मचारी भन्दा बाहिरका व्यक्ति थिए ।
प्रधानमन्त्रीले राजदूत नियुक्त गर्नेबारेमा यसअघि नै छलफल गरे पनि नेपाली कांग्रेस र राप्रपाका तर्फबाट नाम नआएपछि नियुक्तिको पछि धकेलिएको थियो । माओवादी केन्द्रले भने आफ्नो तर्फबाट राजदूतको नाम निश्चित गरिसकेको दाबी छ ।
कांग्रेसमा सम्भावितहरुको नामको सूची बने पनि पार्टीकै किचलोका कारण राजदूत छनोट गर्ने क्रम रोकिएको छ भने राप्रपाले पनि नाम छनोट गर्न सकिरहेको छैन । कांग्रेसले राजदूत नाम दिएपछि सरकारले नया“ राजदूतहरु नियुक्त गर्ने भएको बताइन्छ ।
माओबादीका तर्फबाट पदम सुन्दास, युमनाथ लम्साल, लक्की शेर्पा र डा.महेन्द्र सिंहको नाम प्रस्ताव गरिएको छ । तर, डा. सिंहलाई शुक्रबारको मन्त्रिपरिषद्को बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रुपमा नियुक्त गरेको छ । अब उनको ठा“उमा माओवादीले अर्को व्यक्तिलाई छनोट गर्ने बताइन्छ ।
अघिल्लो सरकारका पालामा माओवादी केन्द्रबाट डा. सिंह कतारका लागि, लक्की शेर्पा अस्ट्रेलियाका लागि, युवनाथ लम्साल डेनमार्कका लागि र पदम सुन्दास बहराइनका लागि सिफारिसमा परेका थिए ।
यस्तै नेपाली कांग्रेसबाट राजदूत सिफारिसका लागि केही व्यक्तिहरु चर्चामा छन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीश पोखरेल, त्रिवि पूर्वउपकुलपति नवीनप्रकाश शाह, पूर्वराष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार डा. हरि शर्मा, पूर्वसचिव कृष्ण ज्ञवाली, पूर्वमहान्यायाधिवक्ता महादेव यादवलगायतको नाम राजदूत सिफारिसका लागि अग्रपंक्तिमा रहेको बताइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित