FLASH NEWS
  • Loading...

अमेरिकी राष्ट्रपतिको भए कठोर शरणार्थीविरुद्ध

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


काठमाडौं-‘उनीहरू -मुस्लिमहरू) लाई हामी चाहन्नौं । हामी ढुक्क हुन चाहन्छौं । हाम्रै सेनाहरूसँग लडाइँ गरिरहेकालाई मुलुकभित्र हुल्न कदापी चाहदैनौं । हाम्रो मुलुकलाई सहयोग गर्ने र हाम्रो जनतालाई असाध्यै माया गर्नेलाई मात्र प्रवेश दिन्छौं ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक आतंकवादीप्रति इगित गर्दै सो अभिव्यक्ति दिएका छन् । उनले उग्र इस्लामिक आतंकवादीलाई मुलुकमा आईपर्ने आतंकवादी समस्याप्रति लक्षित गर्दै आफुले यस्ता आतंकवादीलाई बाहिर निकाल्न चाहेको स्पष्ट पारेका छन् । निर्वाचनअघि नै पटक-पटक आप्रवासी मुस्लिमलाई मुलुकबाट बाहिर लखेट्ने भन्दै उनी आएका  थिए । आफ्नो कट्टरताको प्रारम्भस्वरूप उनले यस्ता  निर्ण्र्ाागर्न सुरु गरिसकेका छन् । उनले मुस्लिम मुलुकलाई छाडेर क्रिश्चियन र अन्य धर्म भएका मुलुकका जनतालाई त्यसको स्थानमा प्राथमिकता दिनेसमेत बताएका छन् । पेन्टागनमा भएको हस्ताक्षर कार्यक्रममा इस्लामिक आतंकवादलाई इंगित गर्दै ट्रम्पले मुख्यगरी सिरियाली शरणार्थीलाई अमेरिकाका लागि ढोका बन्द गरेका छन् । उनले प्रारम्भिक रूपमा मुस्लिम बाहुल्य मुलुकका जनतालाई अमेरिका आउनसमेत रोकेका छन् । उनको निर्ण्र्ााे बाहुल्य सात मुलुक इराक, इरान, सिरिया, सुडान, लिबिया, सोमालिया र यमनका नागरिकलाई अब ९० दिनसम्म अमेरिका जान रोक लागेको छ ।
तर उनको निर्ण्र्ााो प्रतिबन्धित मुलुकबाट विरोध हुन थालिसकेको छ । उनले संसारभरबाट अमेरिका छिर्ने शरणार्थीलाई १ सय २० दिन प्रतिबन्ध लगाएका छन् । न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले सन् २००१ को सेप्टेम्बर ११ मा वर्ल्ड ट्रेड सेन्टरमा भएको घटनालाई आधार बनाएर कडा निर्ण्र्ाागरे पनि त्यसमा संलग्न साउदी अरब, यर्ूर्एइ, इजिप्ट र लेबनानका नागरिकलाई भने अमेरिका आउन प्रतिबन्ध लगाइएको छैनन् । प्यु रिर्सच सेन्टरका अनुसार अमेरिकाले सन् २०१६ को आर्थिक वर्षा ३७ हजार ५ सय २१ क्रिश्चियन शरणार्थी र ३८ हजार ९ सय १ मुस्लिम शरणार्थीलाई लिएको थियो । त्यसमा १२ हजार ५ सय ८७ सिरियाली शरणार्थीसहित ८४ हजार ९ सय ९५ शरणार्थी अमेरिका भित्रिएका थिए ।
भुटानी शरणार्थीलाई समस्या छैन
ट्रम्पले शरणार्थीबारे गरेको कडा निर्ण्र्ााे गैरकानुनी रूपमा अमेरिका जाने र बस्नेलाई गाह्रो हुने देखिए पनि नेपालका भुटानी शरणार्थीलाई तत्काल कुनै असर नपर्ने संकेत देखिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग -यूएनएचसीआर) र अन्तर्रार्र््िट्रय आप्रवासी संगठन -आईओएम) मिलेर करिब एक लाख भुटानी शरणार्थीलाई युरोपका विभिन्न मुलुकसहित अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड -तेस्रो मुलुक) मा पुनर्बास गराइसकेका छन् । त्यसमध्ये ८० हजारभन्दा बढी अमेरिकामा लगिएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार अब मोरङ र झापामा गरी करिब ११ हजार भुटानी शरणार्थी बाँकी छन् । सन् २०१७ भित्रमा ५ हजार शरणार्थी अमेरिका जाने कार्यक्रम छ । बाँकी करिब २ हजार भुटान नै र्फकन चाहन्छन् । बाँकी करिब तेस्रो मुलुक लान अयोग्य घोषित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित