FLASH NEWS
  • Loading...

बढ्यो राष्ट्रिय जनता पार्टीको चहलपहल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail

काठमाडौं/राष्ट्रिय जनता पार्टीले सांगठनिक गतिविधि तीब्र बनाउँदै गएको छ । अघिल्लो साता राष्ट्रिय जनता युवा संघ गठन गरेको यस पार्टीले यो साता महिला तथा धार्मिक विभाग गठन गरेको छ । परा कठायतको संयोजकत्वमा गठित महिला विभागमा तत्काललाई २१ र जनक नेपालको संयोजकत्वमा गठित धार्मिक विभागमा १५ सदस्य रहने व्यवस्था गरिएको छ ।
यी दर्ुइ विभाग गठन गर्ने भेलामा केन्द्रीय अध्यक्ष नेत्रबहादुर लिम्बूले राष्ट्रिय स्वाभिमानका लागि प्रदेश विभाजन गर्न नहुने धारणा राखे । सहअध्यक्ष जयबहादुर खत्रीले अहिलेका नेताबाट देशमा अमनचयनको आशा राख्नु नै र्व्यर्थ भएको भन्दै जनहितको पक्षमा आमूल परिवर्तन गर्न राष्ट्रप्रेमीहरूको नेतृत्वको आवश्यकता औल्याए ।
सो पार्टी प्रवक्तासमेत रहेका कुमार प्याकुरेलले देशमा बढ्दो वैदेशिक हस्तक्षेपले वीर नेपालीको शिर झुक्न लागेको बताउँदै त्रिभुवन विमानस्थलमा भारतीय सेना राख्ने धृष्टता हुनु र सगरमाथाको उचाई नाप्न पनि भारतीय सक्रिय हुने कुरा आउनु लाजमर्दो अवस्था भएको भन्दै तीब्र आक्रोश पोखे ।
युवाको प्रतिनिधित्व गर्दै कुलबहादुर बस्नेतले भने, ‘नेपालमा बढ्दो भ्रष्टाचार रोकी श्रमजीवीको पक्षमा सामाजिक न्याय हुन सके युवाशक्ति विदेशिनु पर्दैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित