FLASH NEWS
  • Loading...

दशरथ चन्द स्मृति यू–१९ को उपाधि निङ्गलाशैनीलाई

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


बैतडी—सहिद दशरथ चन्द स्मृति यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब(एनसिसी)ले जितेको छ । बुढाबाजे क्रिकेट मैदान रातामाटामा आईतबार भएको फाइनल खेलमा योङ्गस्टार क्रिकेट क्लब, मेलौलीलाई ४८ रनले हराउँदै निङ्गलाशैनीले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित ४० ओभरमा खडक बोहराको अविजित ११४ रनको मद्दतमा तीन विकेट गुमाउँदै २७५ रन बनायो ।

दुई सय ७६ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको योङ्गस्टार क्लबले ३५ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै २२७ रन मात्र बनायो । उसका लागि प्रकाश साउदले ६९ रन बनाए । उपाधिसँगै निङ्गलाशैनीले ५० हजार तथा उपविजेता योङ्गस्टारले २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताभर ३२७ रन तथा १२ विकेट लिएका योङ्गस्टार क्लबका प्रकाश सिंह म्यान अफ द सिरिज घोषित भई पाँच हजार पुरस्कार प्राप्त गरे । विजयी टोलीलाई आयोजक सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष शेरसिंह रावल, जिल्ला क्रिकेट संघ बैतडीका अध्यक्ष रमेश बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए । सहिद दशरथ चन्दको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित