FLASH NEWS
  • Loading...

शहीद दिवसमा पत्रकार सुवेदी सम्मानीत

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९४ पटक पढिएको
Post Thumbnail

शहिद दिवसको अवसरमा आइतबार शहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रले तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
संस्थाले नेपालको अग्रागामी परिवर्तन मानव अधिकार, सामाजिक न्याय, लोकतन्त्रलाई संस्थागत गर्न आफ्नो ठाउँ र क्षेत्रबाट सहयोग पु¥याएको भन्दै पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानीत हुने पत्रकारमा राजधानी दैनिकका बरिष्ठ उपसम्पादक ईश्वरी सुवेदी, माउन्टेन टेलिभिजनका समाचारदाता रोजिना थापा, गोरखापत्र राष्ट्रिय दैनिकका समाचारदाता लक्ष्मण दर्नाल रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका कार्यवहाक अध्यक्ष प्रकाश वस्तीले सम्मान पत्र दिई र खादाँ ओडाएर पत्रकारहरुलाई सम्मान गरेका थिए ।
शहिद तथा घाइते सरोकार नागरिक समन्वय समितिले राणा शासन र पञ्चायती व्यवस्थाको विरोधमा शहिद भएका व्यक्तिलाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्नुपर्नेलगायतका सात बुँदे माग राखेको छ । यदी माग पूरा नगरे आन्दोलन गर्ने धम्की दिएको छ । समितिले शहिद दिवसको अवसरमा आइतबार राजधानीमा गरेको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा सो आन्दोलन गर्ने घोषणा गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित