FLASH NEWS
  • Loading...

‘मुलुकमा अस्थिरता ल्याउने काम एमालेले गर्न खोजेको छ’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

फलेवास—उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसलाई अर्को देशको देख्ने र हिमाल पहाडको दुरी बढाएर मुलुकमा अस्थिरता ल्याउने काम एमालेले गर्न खोजेको आरोप लगाएका छन् ।
पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयमा आयोजित रजतजयन्ती समारोहमा उनले एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाए । उनले भने, ‘एमालेले संघीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको छ ।’ उनले संविधान संशोेधनमा सघाउन एमालेलाई आग्रह गर्दै मधेसीले उठाएका जायज मागसमेत एमालेले पूरा गर्न नखोजेको जानकारी गराए । उनले भने, ‘संविधानको पूर्ण कार्यान्वयनका लागि मुलुकमा निर्वाचन गर्नुपर्ने अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो ।’
उपप्रधानमन्त्री निधीले ‘संविधान संशोधनका लागि एमालेले पछिल्लो समयमा देखाएको लचकता सकारात्मक भएको बताउँदै संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सक्नुपर्ने भएकाले सोहीअनुरुप लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
‘संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी एक वर्षभित्रमा सबै तहको निर्वाचन गर्ने तयारी सरकारको छ,’ उनले भने, ‘निर्वाचनका लागि आवश्यक पर्ने कानुनको संशोधन गर्नुपर्ने भएकाले त्यससम्बन्धी विधेयक संसद्मा पेस गरिएको र केही दिन भित्रैमा त्यसले मूर्तरुप पाउनेछन् ।’ उनले सबै तयारी सकेर सरकारले वैशाख वा जेठको पहिलो सातामा नै चुनाव हुने मिति घोषणा गर्ने पनि बताए ।
तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले हस्ताक्षर गरेका विषय नै संशोधनका लागि दर्ता गरिएको बताउँदै उनले आफूले गर्दा राष्ट्रघात नहुने र आफू सरकार बाहिर रहेका बेला सत्ताधारीे पार्टीले संशोधन दर्ता गराउँदा राष्ट्रघात भयो भन्नु जायज नभएको धारणा व्यक्त गरे ।
उपप्रधानमन्त्री निधीले एमालेले अनावश्यक रूपमा संविधान संशोधनको विषयलाई उचालेको टिप्पणी गर्दै नागरिकता र भाषाका विषयमा पनि सहमतिमा संशोधनलाई परिमार्जन गर्न सकिने धारणा व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित