FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीको गाउँमा चोरको बिगबिगी,

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०१ पटक पढिएको
Post Thumbnail


चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गाउँ शिवनगरमा चोरको बिगबिगी बढ्न थालेको छ ।
गाउँमा घरबाट गरगहना र नगद मात्र नभई विभिन्न संघ/संस्थाको साइन बोर्ड समेत हराउन थालेको स्थानिय बासिन्दा बताउँछन् । ‘साइनबोर्ड बाहिर राख्यो कि हराइहाल्छ’ शिवनगर-१ भगवानपुरका भिमबहादुर श्रेष्ठले भने, ‘हराएपछि खोज्न भन्दा बरु पहिल्यै झिकेर सुरक्षित ठाउँमा राख्नु राम्रो ।’ साइन बोर्ड समेत हराउन थालेपछि ‘कृषक समूह’को साइन बोर्ड उनले दिनभर खेत/बारी गाड्ने र साँझपरेपछि घरमा लगेर राख्ने गरेका छन् ।
गाउँमा चोरीको घटना बढ्नपछि बासिन्दाले संघ/संस्थाको साइन बोर्ड दिन भर कार्यालयमा टाँग्ने र बेलुकीपख निकालेर घरमा सुरक्षित रुपले राख्ने गर्न थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित