FLASH NEWS
  • Loading...

साँस्कृतिक संघको महाधिवेशनमा निर्वाचन प्रकृया सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


काठमाडौं-नेपाली कांग्रेसको विचार समर्पित कलाकर्मीहरुको संस्था नेपाल साँस्कृतिक संघको दोस्रो महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रकृया सुरु भएको छ । महाधिवेशन समयावधि तोकिएको समय भन्दा बढ्न सक्ने अवस्था देखिएको छ । सभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष लगायतका पदको दाबेदार आकाँक्षीहरु बढेपछि त्यसलाई मिलाउँदा समय लम्बिन सक्ने स्थिति आएको हो ।
महाधिवेशनमा वर्तमान सभापति तीर्थबहादुर थापाले फेरि नेतृत्व लिने अपेक्षा गरेका छन् । थापाको अलवा चर्चित देउडा गायक नन्दकृष्ण जोशी, देवी अर्याल र सुस्मा कार्कीले पनि सभापतिमा सशक्त रुपमा दाबी गर्दै आएका छन् । त्यस्तै महामन्त्री सहमहामन्त्री, कोषाध्यक्ष र केन्दीय सदस्य पदका दाबेदारहरु पनि प्रशस्तै छन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार महाधिवेशन २१, २२ र २३ मा सम्पन्न गर्ने योजना गरिएको थियो । तर अहिले महाधिवेशन सम्पन्न गर्न अझै थप दुइदिन लाग्ने संकेत देखिएको छ ।
महाधिवेशन सफल पार्न पूर्वमन्त्री एन.पी. साउदको संयोजकत्वमा ३ सदस्यीय निर्देशन समिति बनाइएको छ । समितिमा युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरे छन् ।
महाधिवेशनको उद्घाटन र बन्दसत्र वाल्मिकी क्याम्पसमा गरिएको थियो । बन्दसत्रपछि आइतवारदेखि महाधिवेशन स्थल परिवर्तन गरी पार्टी मुख्यालय सानेपा पुर्‍याइएको छ ।
शुक्रवारदेखि सुरु भएको महाधिवेशनमा केन्द्र, मुलुकभरका जिल्ला कार्य समिति र विधागत गरी १२ सय १६ प्रतिनिधि सहभागि छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित