FLASH NEWS
  • Loading...

माओवादीले उग्रवाम पन्थको भारी नै बोकिरहेको छ ः खनाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं/ पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माओवादीमा अराजकता नसच्चिएको बताएका छन् । ‘हामी पनि पहिला केही अराजकता थियो, माले जन्मिदा उग्रवाम पन्थको भारी नै बोकेको थियो’ पूर्व प्रधानमन्त्री खनालले आइतवार नेपाल अध्ययन केन्द्रद्धारा प्रकाशित नेपाल पूजीवाद र विकास नामक पुस्तकको टिप्पणी कार्यक्रममा भने- हामीले उग्रवाम पन्थलाई विस्तारै पन्छायौ तर माओवादी लगायतका केही दलले अहिले त्यही भारी बोकिरहेका छन् ।
नेता खनालले माओवादी पहिलाको तुलनामा सच्चिएर अहिलेको अवस्थामा आउनुमा एमालेको उल्लेखनीय भूमिका रहेको बताए । ‘बन्दुकबाट सत्ता कब्जा गर्ने उदेश्यका साथ युद्ध गर्‍यो, हामीले त्यसको विरोध गर्‍यौ र त्यो बाटो छोड्न प्रचण्डलाई आग्रह गर्‍यौ’ उनले भने- मैले प्रचण्डलाई दिल्लीमा भेटेर तपाईहरुले आधार इलाका बनाउन सक्नु हुन्न, सेनाले तपाईहरु माथि नै हवाई आक्रमण भयो भने के हुन्छ – भने । त्यसपछि उहाँले तपाईहरु पनि कम्युनिष्ट हो, सहयोग गर्नुस भन्नु भयो, त्यसपछि १२ बुँदेको वातावरण बन्यो ।’
नेता खनालले संविधान कार्यान्वयनको विकल्प नभएको बताए । ‘संविधान कार्यान्वयन नगरी मुलुक समृद्धिको दिशामा जाँदैन’ उनले भने ।
कार्यक्रममा पूर्वमन्त्रीद्धय वर्षमान  पुन र सुनिल मानन्धरको साथै अर्थ विश्लेषक डा.विजय पौडेल र हरि रोक्काले पुस्तकप्रति टिप्पणी गरेका थिए ।
पुस्तकको मुख्य लेखक तथा एमाले नेता घनश्याम भुसालले पूजीवाद बारेमा आफ्नो धारणा व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित