FLASH NEWS
- Loading...
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल र इङ्ग्ल्यान्ड
- गोल्डेन खबर
- ८ साल अघि
- १९३ पटक पढिएको

काठमाडौं–भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वन्टी क्रिकेट प्रतियोतिगताअन्तर्गत नेपालले आफ्नो सातौँ खेलमा मंगलबार इङ्ग्ल्यान्डको सामना गर्ने भएको छ ।
भारतको बेङ्लोरमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि खेलेको छ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ । नेपाल दक्षिण अफ्रिकासँग छ विकेट, बङ्गलादेशसँग ५९ रन र अस्ट्रेलियासँग १० विकेटले पराजित भयो । त्यसैगरी वेष्ट इन्डिजसँग ४३ रन, पाकिस्तानसँग १० विकेट तथा श्रीलङ्कासँग १३१ रनको भारी अन्तरले नेपाल पराजित भएको थियो । प्रतियोगितामा १० टोलीको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस