FLASH NEWS
  • Loading...

पार्टीलाई सरकारको साझेदारी महसुस भएन -अध्यक्ष लोहनी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संविधान संशोधनलगायतका विषयमा सरकारले राप्रपालाई बेवास्ता गरेको हुँदा अब पार्टीले सरकार छोड्न सक्ने संकेत दिएका छन् ।
रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा उनले सरकारले संविधान संशोधन जस्ता राष्ट्रिय सरोकारको विषयमा राप्रपालाई बेवास्ता गरेकोले अब पार्टी सरकारमा रहने कि नरहने भन्ने प्रश्न उब्जिएको बताएका हुन् ।

यसो गर्दा आफ्नो पार्टीका सदस्य सरकारमा रहे पनि पार्टीलाई सरकारको साझेदारी महसुस नभएको भन्दै सो धारणा राखेका हुन् । उनले भने, ‘पार्टी सरकारमा रहने वा नरहने भन्ने विषयको छिनोफानो कार्य सम्पादन समितिको आगामी बैठकले गर्नेछ ।’
राप्रपाले अहिले संविधान संशोधनभन्दा निर्वाचनलाई प्राथकिता दिएको बताउँदै उनले छिट्टै निर्वाचनको मिति घोषणा गरी स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पार्टीको मान्यता रहेको बताए । अध्यक्ष लोहनीले संविधान सम्पूर्ण नेपालीका लागि भएकाले यसमा चित्त नबुझेका कुरा सरकारले सुन्नुपर्ने तर अहिले संसद्मा पेस भएको संशोधन प्रस्तावका केहि बुँदा जायज नभएकाले संशोधन आवश्यक नभएको टिप्पणी गरे । उनले भने, ‘संविधान संशोधन राष्ट्रिय हितमा छैन, संविधान संशोधनको औचित्य पुष्टि नभएकाले राप्रपा त्यसको पक्षमा छैन ।’ राप्रपाको आगामी फागुन ६ देखि ७ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनले पार्टीको भावी रणनीति तय गर्ने अध्यक्ष लोहनीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित