FLASH NEWS
  • Loading...

साइबर अपराधसम्बन्धी ५६० उजुरी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

काठमाडौं—महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् ।

पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढेको महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको विकासस“गै साइबर अपराधको घटनामा वृद्धि आएको बताएका छन् । उनले गत आवमा ८३० उजुरी महाशाखामा परेपनि यो चालु आवको ६ महिनामा नै ५६० उजुरी दर्ता भएको जानकारी गराए ।
महाशाखामा उजुरी दर्ता भएमध्ये ११ घटनाको मुद्दा चलाएको रायले जानकारी दिए । त्यसमध्ये सामाजिक सञ्जालमार्फत अपराध गर्ने ११, एटिएममार्फत ठगी गर्ने एक र अनलाइन चिठ्ठा प¥यो भनी ठगी गर्ने एक घटना रहेका छन् । महाशाखाले गत आवमा १७ घटनाको मुद्दा चलाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित