FLASH NEWS
  • Loading...

निर्वाचन हुनेमा कुनै शंका नगर्न प्रधानमन्त्रीको आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले नै स्थानीय निर्वाचन गरेर देशलाई एउटा निकाश दिने बताएका छन् । मंगलबार निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन हुने भन्दै कुनै शंका नगर्न सबैसंग अनुरोध गरे । कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘निर्वाचन सम्बन्धि ऐन पारित भइसकेका छन् । सरकार निर्वाचनको तयारीमा लागिरहेको छ । अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ र हर्ुर्नैपर्छ ।’
कार्यक्रममा प्रधानमन्त्रीले नेपाली जनता प्रविधि प्रयोगमा सक्षम भइसकेको जानकारी गराउँदै भने, ‘यसपालि म देशका विभिन्न भागमा पुगेर हेरेको छु, दर्ुगम ठाउँका जनताले पनि सेल्फोन बोक्न थालिसकेका छन् । अब नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि सोच राख्नु गलत हो ।’ उनले थपे, ‘हामीले निर्वाचन शिक्षालाई प्रभावकारी त बनाउनर्ैपर्छ । तर, सेल्फोन बोक्ने नेपालीले विद्युतीय मेसिनलाई हाउगुजी ठान्दैनन् ।’
कार्यक्रममा प्रमूख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्युतीय भोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चिलो हुने जानकारी गराए । उनले आयोगले सरकार र व्यवस्थापिका-संसदले दिने निर्ण्र्ााकार्यान्वयन गर्न निर्वाचन आयोग तयार रहेकोसमेत बताए । कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि लगायतले विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्षबारे जानकारी लिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित