FLASH NEWS
  • Loading...

आन्दोलित शंकरापुरबासी पक्राउपछि रिहा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं/ नगरपालिकाको नाम ‘शकरापुर’ कायम हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका शंकरापुरबासीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । आन्दोलनकारीले साँखु सडक अवरुद्ध गरेपछि प्रहरीले  त्यसको नेतृत्व गरिरहेका एमाले काठमाडौ क्षेत्र नम्बर २ का अध्यक्ष सुवर्ण श्रेष्ठ , जिल्ला कमिटी सदस्य एल.पी श्रेष्ठ, महाधिवेशन प्रतिनिधि शंकरमान श्रेष्ठसहित १० जनालाई पक्राउ गरेको हो । गिरफ्तार आन्दोलनकारी रिहा भइसकेका छन् ।
आन्दोलनको क्रममा  बिहानै सडक अवरुद्ध गरेका उनीहरुलाई साढे ५ बजे पकाउ गरी थलीस्थित प्रहरी कार्यालय ल्याइएको थियो ।  आन्दोलनकारीलाई थलीबाट बौद्ध हुँदै महेन्द्र पुलिस क्लब पुर्‍याइएको थियो ।  उनीहरुलाई बिहान साढे १० बजे महेन्द्र पुलिस क्लबबाट रिहा गरिएको हो । शंकरापुरबासीले शालीनदी मेलापछि आन्दोलनलाई झन् सशक्त पार्ने बताएका छन् । ‘स्वस्थानी ब्रतालुहरुको कारण बासिन्दा कडा रुपमा प्रस्तुत भएका छैनन्’ एमाले अध्यक्ष श्रेष्ठले गोल्डेन खबरलाई भने- आन्दोलनले अब कडा रुप लिन्छ, नाम सच्चयाएरै छोड्छौ ।’
स्थानीय तह पुनः संरचना आयोगले  शंकरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा गाभेर नगरपालिकाको नाम कागेश्वरी मनहरा राखेपछि शंकरापुरबासी आफ्नो पहिचान गुमेको भन्दै आन्दोलनमा उत्रिएका हुन । शंकरापुरबासीले नाम सच्याउन माग गर्दै विभिन्न राजनीतिक दलका शिर्षनेता र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाई सकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित