FLASH NEWS
  • Loading...

अब विशिष्ट व्यक्ति पनि निगरानीमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौ—व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा, व्यवस्थापन र अध्यागमन कार्यालयको निरीक्षण गरी विमानस्थलको आकस्मिक ढोका बन्द गर्न तथा विशिष्ट व्यक्ति आउने÷जाने बाटामा एक्स–रे यन्त्र राख्न निर्देशन दिएको छ । समितिका सभापति मोहनसिंह राठौरले अन्तराष्ट्रिय विमानस्थलका बारेमा समितिले समग्र अध्ययन गरेको र अब उपसमिति बनाएर थप अध्ययनसहित निर्देशन दिने बताए । विमानस्थलबाट यसै महिना करिब ३३ किलोग्राम सुन बाहिरिएपछि समग्र विमानस्थलको सुधारका लागि निरीक्षण गरिएको उनको भनाइ छ । समितिले तत्काल निरीक्षण गरे पनि दीर्घकालीन नीति, व्यवस्थापन र सुरक्षाको सम्बन्धमा थप अध्ययन पनि गर्ने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित