FLASH NEWS
  • Loading...

एकमहिने स्वस्थानी मेला आज सम्पन्न गरिदैँ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


काठमाडौ-हिन्दू धर्मावलम्बीले प्रत्येक वर्षपौष शुक्ल पूणिर्मादेखि सुरु गरिएको श्रीस्वस्थानी व्रतकथा शुक्रबारबाट पूजाआजा गरी सम्पन्न गरिँदैछ ।
व्रत बस्ने प्रत्येक महिला-पुरुष पनि)ले महिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्णभएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गर्राई गरिब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।
व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ-एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ-आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु आफैले खाने प्रचलन छ ।
सो अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । एकतीस अध्याय रहेको सो कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक स्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।
स्थानीय भक्तजनका अनुसार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए । यस वर्ष१ सय ७७ महिला र १५ पुरुषले माधवनारायण एवं स्वस्थानीको कठोर व्रत गरिरहेको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । व्रतको अन्तिम दिन अश्वमेध यज्ञ गरी माधवनारायण स्वस्थानी मेला समापन गर्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित