FLASH NEWS
  • Loading...

फिफाको वरियतामा नेपाल उकालो चढ्यो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं/ फिफाको वरियतामा नेपाल उकालो चढेको छ । बरियतामा नेपाल विगतको तुलनामा २ स्थान माथि उक्लिएको हो ।
गत महिना नेपाल १७५ औँ स्थानमा रहेकामा अब १७३ औँ स्थानमा छ । नेपाललाई अफगानिस्तान, भारत र माल्दिभ्सले पछि पारेका छन् भने नेपाल बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तानभन्दा माथि छ ।
त्यस्तै फिफा वरियतामा एक स्थान तल झर्दै १३० औं स्थानमा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा पाँच स्थान फड्को मारेको माल्दिभ्स १४०औं दर्जाका साथ दोस्रो स्थानमा छ । यसैगरी अफगानिस्तान १५१ औं स्थानमा यथावत रहदा भुटान एक स्थान तल झर्दै १७७ औ स्थानमा झरेको छ ।
त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान नेपालभन्दा एक स्थानमुनि अर्थात् १७६ औं स्थानमा छ ।बङ्गलादेश वरियताको १९० औं स्थानमा रहंदा दक्षिण एसियाका श्रीलङ्का र पाकिस्तान क्रमशः १९६ औं र १९८ औँ स्थानमा छन् । फिफा वरियतामा पहिलो स्थानमा अर्जेिन्टना , दोस्रामा ब्राजिल तथा तेस्रामा जर्मनी चिली चौथो र बेल्जियम पाँचौ स्थानमा कायमै छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित