FLASH NEWS
  • Loading...

नेपाली बुलेटमार्फत ग्यास ढुवानी गर्ने योजना धरापमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नेपाली बुलेटमार्फत भारतबाट ग्यास ढुवानी गर्ने सरकारी योजना धरापमा परेको छ ।
भारतले अनुमति नदिएपछि सरकारको उक्त प्रयास धरापमा परेको हो । नेपाली बुलेटबाट ग्यास ढुवानी गर्ने योजना तत्कालका लागि अहिले रोकिएको छ । भारतको ‘एक्सप्लोसिभ’ विभागले नेपाली बुलेटलाई ‘एक्सप्लोसिभ’ प्रमाणीकरण नगरेकोको भन्दै तत्कालका लागि ढुवानी गर्न रोकिदिएको छ ।
यो प्रमाणीकरण नभई इन्डियन आयल कर्पोरेशन(आइओसी)ले ग्यास भर्न नदिने बहाना बनाएको हो । नेपाली नम्बर प्लेटको बुलेटबाट ग्यास ढुवानीका लागि भन्दै चालु आर्थिक वर्षको बजेटमार्फत भन्सार छुट समेत दिइएको थियो तर नेपालले बुलेट बनाएर प्रमाणीकरणका लागि भारतको ‘एक्सप्लोसिभ’ विभागमा पठाउँदा उसले दुई महिनादेखि कुनै जवाफ दिएको छैन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बुलेटको एक्सप्लोसिभ प्रमाणीकरणका लागि नेपाल आयल निगमलाई पत्र पठाएका थिए । त्यसपछि निगमले विभागलाई प्रमाणीकरणका लागि पत्र पठाएको थियो । निगमका ग्यास विभागका निमित्त निर्देशक दीपक बरालले दुई महिनाअघि बढाएको कुनै जवाफ नआएको जानकारी दिए ।
उनले भने, ‘हामीले दुई महिनाअघि भारतको एक्सप्लोसिभ विभागमा प्रमाणीकरणका लागि पत्र पठाएका थियौं ।तर अहिलेसम्म कुनै जवाफ आएको छैन ।’
नेपाल आयल निगमले नेपाली बुलेटमार्फत ग्यास ढुवानीका लागि ९ सय ७१ वटा बुलेटलाई अनुमति दिएको थियो । घिमिरेको बुलेटले नै अनुमति नपाएपछि अरु व्यवसायीले बुलेट नै ल्याएका छैनन् ।
ग्यास बोकिरहेका भारतीय ढुवानी व्यवसायीको दबाबमा भारतले प्रमाणीकरण रोकेको हो । अहिले भारतका साढे ६ सय बुलेटमार्फत ग्यास ढुवानी हुँदै आएको छ । भारतीय ढुवानी व्यवसायीले आफ्नो व्यवसाय गुम्ने भएपछि विभागनै प्रभाव पारेर प्रमाणीकरण रोकिएको हो । चालिस वर्षदेखि व्यवसाय गर्दै आएका भारतीय व्यवसायीको प्रभाव ठूलो छ ।
भारतीय बुलेट विस्थापित गर्ने योजनाका बारेमा सरकारी तहमै चासो राखिएको छ । विभागले आइओसीलाई पत्र पठाउँदै भारतीय बुलेट विस्थापित गर्न लागेको बारेमा जवाफ समेत मागेको थियो । आइओसीले नेपाली ट्यांकरले विगत केही वर्षदेखि तेल बोकिरहेको भन्दै जवाफ पठाएको थियो ।
केही वर्षअघिसम्म भारतीय ट्यांकरले मात्रै तेल बोक्ने गर्थे, तर पछि भारतले विस्तारै नेपाली ट्यांकरलाई तेल बोक्न अनुमति दिएको थियो । अहिले तेल बोक्ने ट्यांकर भारतीय छैनन् । सबै नेपाली नम्बर प्लेटका ट्यांकरमार्फत तेल ढुवानी हुँदै आएको छ ।
भारतीय ढुवानीकर्ता हुँदा नेपाललाई प्राथमिकतामा नराख्ने र ढुवानी भाडाका लागि वार्षिक चार अर्ब विदेशिने भन्दै निगमले नेपाली वुलेट राख्न टेन्डर आह्वान गरेको थियो । अहिले भारतीय कम्पनी आरपी ट्रान्सपोर्ट,अक्षय रोडलाइन्स,कार्गो सर्भिस, सीमा रोडलाइन र कर्मवीर ट्रान्सपोर्टलगायतले ग्यास ढुवानी गर्दै आएका छन् । यही कम्पनीका संचालकहरुको दबाबका कारण अनुमति रोकिएको छ ।
यसैविच, नेपाली बुलेट राख्न एलपी ग्यास उद्योग संघले एकमतमा निर्णय गरेको थियो । एकमतमा निर्णय गरेर संघले बुलेट राख्नका लागि निगम,आपूर्ति मन्त्रालयलगायतका सरकारी निकायलाई घुसको रुपमा रकम दिन भन्दै प्रति बुलेट डेढ लाख रुपैयाँसम्म उठाइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित