FLASH NEWS
  • Loading...

जनआन्दोलनको उपलब्धि गुम्न दिन्न –प्रम

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताएका छन् ।
पेरिस डाडाँस्थित नेकपा (माओवादी केन्द्र)को कार्यालयमा २२ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा उनले जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न नदिने जनाउँदै आवश्यक परेमा अर्को बलिदानी गर्न आफु तयार रहेको बताए ।
प्रधानमन्त्री दाहालले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै निर्वाचन हुन नसके मुलुकमा संकट आइपर्ने जानकारी गराए ।
संविधान परिमार्जन गर्न सकिने गतिशील दस्तावेज भएकाले सबैको हकअधिकार रक्षाका लागि त्यसलाई परिमार्जन गर्न सरकारले तयारी गरेको उनले बताए ।
उनले माओवादीले थालेको युद्ध नै राष्ट्रलाई एकतावद्ध बनाउने ऐतिहासिक कदम भएकोले माओवादीले नै मधेस, पहाड र हिमाललाई मिलाउनसक्ने दावी गरे ।
उनले संसदमा तेस्रो पार्टी भए पनि परिर्वतनको रक्षा गर्ने, राष्ट्रलाई एकतावद्ध गर्ने र राष्ट्रिय स्वाधीनतालाई रक्षा गर्ने सन्दर्भमा अहिले पनि आफ्नो दल पहिलो नम्बरमै भएको बताए ।
उनल् भने, ‘निर्वाचनमा पार्टीले हारे पनि देश विजयी हुनुपर्यो, तर जनयुद्धको मुद्दा र परिवर्तनलाई संस्थागत गर्न पार्टी विजयी हुनु पनि आवश्यक छ ।,
माओवादी क्रान्ति सफल हुँदै गएपनि पार्टी टुक्रिँदै जाँदा पार्टी कमजोर बन्दै गएको उल्लेख गर्दै उनले अर्को जनयुद्व दिवससम्म आइपुग्दासम्म सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट एक हुने विश्वास धारणा राखे । माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित