FLASH NEWS
  • Loading...

निर्धारित अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन -अध्यक्ष ओली

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail


काठमाडौं—नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको बताएका छन् ।
पार्टीको पोलिटब्युरो बैठकको अध्यक्षता गर्दै ओलीले नेपाली जनताको लामो संघर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको नेपालको संविधानको रक्षा गर्नु, सम्वद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेलाको कार्यभार भएको बताए ।

संविधानले समेत निर्दिष्ट गरेमुताविक २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकाय निर्वाचनका माध्यमबाट गठन गर्नु अनिवार्य रहेको कुरामा जोड दिँदै उनले स्थानीय तह र केन्द्रीय तहका निर्वाचनको मिति अविलम्ब घोषणा गर्न, त्यसका लागि कानुनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।
बैठकमा समसामयिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारलगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले बैठकसमक्ष प्रस्तुत गरेका थिए । १० पेज लामो उक्त प्रतिवेदन पोलिटब्युरो सदस्यले अध्ययन गरी आगामी बैठकमा राय, सुझाव तथा धारणा प्रस्तुत गरिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित