FLASH NEWS
  • Loading...

पढाईले मात्र विद्यार्थीको व्यक्तित्व विकाश सम्भव छैन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


काठमाडौं–प्याब्सनको क्लस्टर अन्र्तगत अन्तरविद्यालय एथलेटिक्स केहि समय पहिले सम्पन्न गरिएको थियो ।
यसले विद्यार्थीमा सकारात्मक भावना पैदा गरेको न्यू सनसाईन सेकेन्डरी स्कुलका अध्यक्ष विष्णु प्रसाद पोखरेलको छ । खेलकुद गर्नुको एउटै मात्र उदेश्य भनेको विद्यार्थीहरु विचको भाइचारालाई निरन्तरता दिनु रहेको अध्यक्ष पोखरेलको विचार छ ।
अहिलेको समयमा पढाईले मात्र विद्यार्थीको व्यक्तित्व विकाश सम्भव नहुने कारणले गर्दा पनि यस्ता अतिरिक्त क्रियाकलाप जरुरी भएको उनको भनाई छ । यदी देशमा सक्षम नागरिक बनाउनु छ भने पढाईको साथ साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी बनाउनु पर्छ भन्ने उदेश्यले सो खेलको आयोजना गरिएको उनले बताए ।
प्रोगेसिभ एजुकेशन फोरमले आयोजना गरेको छैठौं इन्टर एथलेटिक्स मिटमा विद्यार्थीहरुले आफु भित्र लुकेको प्रतिभालाई देखाउने अवसर पाए । सो मिटमा लव्ली एन्जल स्कुल कपनले ४० पोइन्ट ल्याएर प्रथम भएको थियो भने दुर्गा भवानी एकाडेमि, धुम्बाराहीले २४ पोइन्ट ल्याएर दोस्रो स्थान प्राप्त गरेको थियो ।
त्यस्तै न्यू सानसाइन सेकेन्डरी स्कुल हाडीगाउँले १७ पोइन्ट ल्याएर तेस्रो भएको थियो भने महान सिद्धार्थ स्कुल कुमारीगाले १६ पोइन्ट प्राप्त गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित