FLASH NEWS
  • Loading...

माओवादी बैठकमा निर्वाचन निर्विकल्प भएको निष्कर्ष

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail

काठमाडौं—नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनको विषयमा भएका तयारी, पार्टीको आन्तरिक गतिविधि तथा अवस्थाका बारेमा छलफल गरेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीति र माओवादी केन्द्रको संगठनात्मक विषयबारे समीक्षा गरेको थियो । बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको तयारी र राजनीतिक दलहरुसँग भएको संवादबारे बैठकलाई जानकारी गराएका थिए ।
बैठकमा हेडक्वार्टर सदस्यहरुले पार्टी आन्तरिक संगठनात्मक विषय, संविधान संशोधनको प्रक्रिया र स्थानीय तहको निर्वाचनबारे आफ्ना सुझावहरु राखेका थिए ।
यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, पार्टीका स्थानीय तहका समितिहरुको सम्मेलन सम्पन्न गर्ने, एकता गर्न बाँकी रहेका मोर्चा, जनवर्गीय संगठन र विभागहरुको एकता सम्पन्न गर्ने र निर्वाचनलाई केन्द्रित गरेर संगठनात्मक कामलाई अघि बढाउने निर्णय गरेको छ ।
राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै बैठकले स्थानीय तहको निर्वाचन निर्विकल्प भएको निष्कर्ष निकालेको छ । हेडक्वार्टर सदस्यहरुले अन्तिमपटक सत्तारुढ नेपाली कांग्रेस, मधेसी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरेर एक दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको हेडक्वार्टर सदस्य तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित