FLASH NEWS
  • Loading...

बंगलादेशको शेख कमल फुटबलमा मनाङको विजयी सुरुआत

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail


काठमाडौं– मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबलाई हराएको छ । आइतबार भएको खेलमा मलाङले घरेलु टोलीलाई २–० गोल अन्तरमा हराउ“दै अघिल्लो चरण प्रवेश गरेको हो । मनाङको जीतमा विशाल राई र ओलावालेले एक एक गोल गरे ।
५३औं मिनेटमा रोहित चन्दको पासमा स्ट्राइकर ओलावाले अफिजले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । अफिज खेलको म्यान अफ द म्यानसमेत चुनिए । खेल सकिनु ३ मिनेटअघि मनाङले दोस्रो गोल गर्दै जित सुनिश्चित गरायो । बिशाल राईले गोल गरेका थिए ।
बंगलादेशको चित्तागाङमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेलमै घरेलु टिमलाई हराएर अघि बढेको हो ।
प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लब सहभागी छन् । दुई वटा समूहमा रहेका सहभागी क्लब मध्येबाट दुई दुई वटा शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन् ।
चितगोङस्थित मोहम्मद अजिज रंगशालामा सुरुवातदेखि नै मोहमेदनलाई दवावमा राखेको मनाङले पहिलो हाफमा गोल गर्न नसकेपछि दोस्रो हाफको सुरुमै अग्रता लियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित