FLASH NEWS
  • Loading...

प्रदर्शनीेको पुर्वसन्ध्यामा ¥याली

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

विराटनगर ९पानीट्याङकी०, ११ फागुन । विराटनगरमा हुने कृषि तथा औद्योगिक प्रदर्शनीेको पूर्वसन्ध्यामा मंगलबार विशाल ¥याली गरिएको छ ।आज सुरु हुने प्रदर्शनीलाई लक्षित गर्दै उद्योग सङ्गठनले ¥यालीको आयोजना गरी नगर परिक्रमा गरेको हो ।

विराटनगर–३ स्थित शङ्करपुर मार्गबाट सुरु भएको ¥याली बरगाछी, कञ्चनबारी, राजवंशी चौक, पुष्पलाल चौक, पोखरीया हुँदै पुनः सोही स्थानमा पुगी सम्पन्न भएको थियो ।

¥यालीमा कृषिमा प्रयोग हुने ट्रयाक्टर, लोडर, सिटी रिक्सा आदि साधनका साथै उद्योगी व्यवसायीहरु आ–आफ्ना सवारी साधनहरु लिएर ¥यालीमा सहभागी भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन हुने भनिएको प्रदर्शनीमा चौँरी गाई, अस्ट्रिच चरा, उँट, जुम्लाका कृषि उत्पादनहरु, हावाबाट चल्ने विद्युतीय उपकरणहरु, हेलिसिटी टुर, पर्वतीय उडान,  बाल उद्यान, रोजगारी मेला आदि आकर्षणहरु रहेका छन् ।

प्रदर्शनीमा जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्ट्स, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामग्री, गार्मेन्ट, खाद्य पदार्थ लगायतका वस्तुहरु राखिने बताइएको छ ।

करिब तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी २५४ कक्ष रहने आयोजकले जनाएका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित