FLASH NEWS
- Loading...
संसद्को आजको बैठक पनि स्थगित
- गोल्डेन खबर
- ८ साल अघि
- १८१ पटक पढिएको

काठमाडौँ, ११ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठक पनि सूचना टाँस गरी स्थगन गरिएको छ ।
निकै लामो समयपछि बोलाइएको संसद्को हिजोको बैठक पनि सूचना टाँसेरै स्थगित गरिएको थियो ।
प्रमुख दलबीच संविधान संशोधन कि निर्वाचनको मिति घोषणा पहिले भन्ने विवादका कारण पछिल्लो समय संसद्को बैठक अवरुद्ध हुँदै आएको हो ।
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको भए पनि संविधान संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा आउने परिणामलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्वीकार गर्ने प्रतिबद्धता नआएसम्म प्रस्ताव अघि बढाउन नहुने प्रतिपक्षको अडानका कारण आजको संसद्को बैठक प्रभावित भएको बुझिएको छ ।
विशेष कारण जनाउँदै स्थगन गरिएको संसद्को अर्को बैठक भोलि बिहीबार दिनको ३ बजे बस्ने छ । रासस
प्रतिक्रिया दिनुहोस