FLASH NEWS
  • Loading...

हिमाली खरायो मृत भेटियो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail

सोलुखुम्बु, १२ फागुन । सोलुखुम्बुको गुदेल गाविसमा हिमाली खरायो मृत भेटिएको छ । लोपोन्मुख सूचीमा रहेको खरायो जङ्गलमा घाँस काट्ने क्रममा मंगलबार मृत भेटिएको गुदेलको स्थानीय सामुदायिक बनका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो ।

खैरो रङ्गको यस प्रकारको खरायो केही वर्षअघि त्यस क्षेत्रमा एक जोडीको सङ्ख्यामा देखिएको स्थानीयवासीले बताएका थिए । हिमाली क्षेत्रमा पाइने यो खरायो विश्वमा लोपोन्मुख सूचीमा राखिएको छ । खैरो रङ्गको हिमाली खरायो भेटिएको सम्बन्धमा अध्ययन गर्ने जिल्ला वन कार्यालय सोलुखुम्बुले जनाएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित