FLASH NEWS
  • Loading...

सैनिक अस्पताल भोलिदेखि सर्वसाधरणलाई पनि खुला

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं/ छाउनीस्थित सैनिक अस्पतालमा अबदेखि र्सवसाधारण नागरिकले पनि उपचार गर्न पाउने भएका छन् ।
सैनिक अस्पताल सेना दिवसको अवसर पारेर शिवरात्रीदेखि  र्सवसाधरणको लागि पनि खुला गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्री गगन थापाले बताए । ‘सरकारी स्वामित्वका अन्य अस्पतालहरुमा बिरामीको संख्या अत्यन्त बढ्दो छ’ मन्त्री थापाले भने यस्तो अवस्थामा सैनिकहरुको लागि मात्र उपचार गर्ने भनेर त्यो अस्पताल थुनेर राख्न मिल्दैन । र्सवसाधारणले अब त्यहाँ पनि उपचार गर्न पाउने छन् ।’  उक्त अस्पतालमा सैनिक र उनका परिवारको निशुल्क रुपमा उपचार हुदै आएको थियो । र्सवसाधारणले भने तोकिएको शुल्क लिएर उपचार पाउनेछन् । सैनिक अस्पतालमा ४ सय ९१ शैया छ । त्यस मध्येको केही शैयामा  सर्वसाधरणले उपचार पाउने छन् ।
बिशिष्ट व्यक्तिहरु उपचारको लागि विदेश जाने परम्परालाई न्यूनिकरण गर्न स्वास्थ्य मन्त्रालयले वीर, सैनिक अस्पतालका विशिष्ट उपचार कक्षलाई व्यवस्थित गर्ने भएको छ । बिशिष्ट व्यक्तिहरु उपचारको लागि विदेश जाने प्रवृति बढ्दै गएपछि पंचायतकालमा स्थापना गरिएका ती कक्षहरु त्यति प्रयोगमा छैनन । सैनिक र वीर अस्पतालको बिशिष्ट कक्षमा विगतमा राजा वीरन्द्र र अन्य राजपरिवारले समेत उपचार गर्थे । वीर अस्पतालको उक्त कक्षमा डा. रामवरण यादवले पनि राष्ट्रपति छँदा उपचार गराका थिए । अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उपचार सेवा त्यहीबाट लिदै आएकी छन् । तर प्रधानमन्त्री, मन्त्री र साँसद लगायतका विशिष्ट व्यक्तिहरु भने उपचारको लागि विदेश जाने गरेका छन् ।
काठमाडौ उपत्यकामा प्रहरीहरुलाई लक्षित गरेर महाराजगञ्जमा वीरेन्द्र प्रहरी अस्पताल र कर्मचारीहरुलाई  लक्षित गरेर निजामति सेवा अस्पताल संचालन हुदै आएका छन् । वीरेन्द्र प्रहरी अस्पतालमा प्रहरी र तिनका आश्रति परिवारको निःशुल्क उपचार हुँदै आएको छ ।  निजामति अस्पतालले भने कर्मचारीलाई ५० प्रतिशत शुल्क लिने गरेको छ । २०६६ सालदेखि सुरु भएको उक्त अस्पतालले शुल्क लिएर र्सवसाधारणलाई समेत उपचार सेवा उपलब्ध गराउँदै आएको छ । निजामति अस्पतालमा बिरामीको चाप अत्यन्तै बढ्दो छ । बिरामी थेग्न मुश्किल भएपछि उक्त अस्पतालले निश्चित कुपनको आधारमा उपचार गर्दै आएको छ । अस्पतालले हरेक विभागमा प्रति चिकित्सक ३५ जनाको दरले मात्र कुपन दिने गरेको छ । उपचारको कुपन लिन बिरामीहरु बिहान झिसमिसेदेखि नै अस्पतालमा लाइन बस्ने गरेका छन् । बिहान सबेरै लाइन बसेका कतिपय बिरामीहरु कुपन नपाउँदा रोग शरीरमै बोकेर निराश हुदै र्फकन बाध्य छन् ।
सरकारी स्वामित्वका वीर अस्पताल, महाराजगञ्जस्थित शिक्षण अस्पताल र बासवारीस्थित गंगालाल अस्पतालमा पनि बिरामीहरु दिनहुँ खचाखच हुने गरेका छन् । पाटन चिकित्सा विज्ञान अन्तर संचालित पाटन अस्पतालमा बिरामीको चाप निकै बढ्दो छ ।

एक सय डाक्टर र २ हजार नर्स थपिदै
स्वास्थ्य मन्त्री थापाले जिल्लामा रहेका सरकारी अस्पताल र प्राथमिक स्वास्थ्यलाई व्यवस्थित गर्ने कार्य भइरहेको जानकारी दिएका छन् । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा सय चिकित्सकको दरबन्दी थपिदैछ । त्यस्तै विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा २ हजार नर्स थप्न लागिएको उनले जानकारी दिएका छन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित