FLASH NEWS
  • Loading...

पूर्व सांसद मञ्चद्वारा स्थलगत निरीक्षण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
पूर्व सांसद मञ्चद्वारा स्थलगत निरीक्षण

रसुवा, १४ फागुन । पूर्व सांसद मञ्चका पदाधिकारीद्वारा रसुवा जिल्लाका भूकम्प प्रभावित बासिन्दाको अवस्था र पुनःनिर्माणमा भएको कार्यप्रगतिका बारेमा शुक्रबार स्थलगत निरीक्षण गरेको छ ।

भूकम्प प्रभावित छेकु लामाका अनुसार भूकम्पले जमिन क्षति पु¥याई बेत्रावती क्षेत्रमा बसोबास गर्ने हाकु र डाँडागाउँ गाविसका बासिन्दाको शिविरमा पुगी पूर्व सांसद मञ्चका पदाधिकारीले स्थलगत निरीक्षण गर्नुभएको थियो ।

स्थलगत भ्रमणमा मञ्चका अध्यक्ष झलकनाथ वाग्ले, उपाध्यक्ष गोविन्दबहादुर शाह, सदस्य सुरेन्द्र हमाल, वीरबहादुर सिंह, नरबहादुर हमाल, देवराज घिमिरे, हिक्मतबहादुर शाही, शीला यादव र कार्यक्रम संयोजक डा रमेशबहादुर थापा समेत रहनुभएको बताइएको छ ।

सो टोलीले यहाँका सरोकारवाला निकायबीच भूकम्पले पु¥याएको क्षति र पुनःनिर्माणको बारेमा जानकारी लिएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित