FLASH NEWS
  • Loading...

खेलाडीका कारण रानिएरी बर्खास्त–मोरिन्हो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail


फागुन १४ – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले स्वार्थी खेलाडीका कारण लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्त भएको आरोप लगाएका छन् । रानिएरी प्रिमियर लिग इतिहासकै सबै भन्दा सुन्दर नाम रहेको मोरिन्होको भनाई छ । ‘फुटबल मनपराउने सबैलाई रानिएरीलाई बर्खास्त गर्ने निर्णय स्वीकार गर्न निकै कठिन छ’ पत्रकार सम्मेलनमा रानिएरीको बर्खास्त सम्बन्धमा मोरिन्होले भने ‘म पनि अघिल्लो सिजन चेल्सीबाट बर्खास्त भएको थिएँ । रानिएरीलाई के भइरहेको छ, म महसुस गर्न सक्छु ।’ चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाए पनि मोरिन्हो गएको सिजन क्लबको खराब प्रदर्शनका कारण बर्खास्त भएका थिए । ‘रानिएरीले लेस्टर सिटीलाई फुटबल इतिहासमा धेरै दिए तर स्वार्थी खेलाडी तथा अरुका कारण झुके’ मोरिन्होले भने ‘तर केही समस्या छैन, रानिएरी तिमीले प्रिमियर लिगमा लेखेको निकै सुन्दर इतिहास कसैले मेट्न सक्ने छैन ।’
यस्तै लेस्टर सिटीका पूर्व स्ट्राइकर ग्यारी लिनिकरले रानिएरीलाई बर्खास्त गर्ने निर्णय निकै अपरिपक्क तथा निष्ठाहीन रहेको बताएका छन् । म्याच अफ द डेका सञ्चालक समेत रहेका लिनिकरले लेस्टर सिटीका पछाडी धेरै समर्थक ल्याउनुमा रानिएरीको हात रहेको बताए । उनले भने ‘रानिएरीले लेस्टरलाई धेरै दिए, क्लबले उनलाई बर्खास्त गर्नुको साटो सम्मानका लागि उनको प्रतिमा बनाउनु पर्ने थियो ।’ गएको सिजनको उपलब्धीका कारण अपेक्षा उच्च बनाएकाले पनि रानिएरी समस्यामा परेको हुन सक्ने उनको भनाई छ ।
उनले भने ‘यो सिजन राम्रो भएको छैन, तर सम्भावना अझै बाँकी नै थियो । गएको सिजन जादुयी प्रदर्शन गराउन सफल रानिएरीलाई अझै समय दिनु पर्ने थियो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित