FLASH NEWS
  • Loading...

नेपाली सेनाद्धारा पेट्रोल पम्पमा राखिएको बम निष्क्रिय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


गौंर (रौतहट), १५ फागुन । नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९.३० बजे निष्क्रिय गरेको छ

सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्र्सनमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले बताउनुभयो ।

बम किन कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ । बजारको पेट्रोल पम्पमा बम राखिएको खबरले स्थानीय व्यापारी त्रसित भएको स्थानीयवासी राजन जैसवालले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित