FLASH NEWS
  • Loading...

कप्तान एबी डि भिलियर्सको अनौठो कीर्तिमान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


दक्षिण अफ्रिकी कप्तान एबी डि भिलियर्सले एकदिवसीय क्रिकेटमा ९ हजार ५ बलमा ९ हजार रन पुरा गर्ने नयाँ तथा अनौठौ कीर्तिमान बनाएका छन्।

उनले न्युजिल्यान्डविरूद्ध वेलिङ्टनमा भएको तेस्रो एकदिवसीयमा ८५ रन बनाउने क्रममा यस्तो कीर्तिमान बनाएका हुन्। यसअघि कम बल खेलेर ९ हजार रन पुरा गर्ने कीर्तिमान अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एडम गिलकृष्टको नाममा थियो। गिलकृष्टले ९ हजार ३ सय २८ बलमा ९ हजार रन बनाएका थिए।

डि भिलियर्सलाई ९ हजार रन पुरा गर्न ५ रन आवश्यक थियो। इनिङको हिसाबले उनले भारतका पूर्व कप्तान सौरभ गागुलीको १३ वर्ष अगाडिको कीर्तिमानलाई भंग गरेका हुन्। भिलियर्सले २ सय ५ इनिङमा ९ हजार रन पुरा गरेका हुन्। यसअघि गागुलीले २ सय २८ इनिङमा ९ हजार रन पुरा गरेका थिए। सचिन तेन्दुलकरलाई पुरा गर्न २ सय ३५ इनिङ लागेको थियो।

डि भिलियर्सले ५३ दशमलव ८९ को औसतले ९ हजार रन पुरा गरेका हुन्। जुन अन्य ब्याट्सम्यानभन्दा राम्रो औसत हो। उनीभन्दा राम्रो औसत भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीको थियो। धोनीको औसत ५० दशमलव ५६ छ।

डि भिलियर्स दक्षिण अफ्रिकाका दोस्रो ब्याट्सम्यान हुन्, जसले एकदिवसीयमा ९ हजार रन पुरा गर्यो। उनीभन्दा अगाडि ज्याक कालिसले दक्षिण अफ्रिकाबाट एकदिवसीयमा ९ हजार रन पुरा गरेका थिए।

९ हजार रन पुरा गर्दा सर्वाधिक सतक बनाउने ब्याट्सम्यानमा डि भिलियर्स मात्र सचिनभन्दा पछाडि छन्। सचिनले ९ हजार रन बनाउदा २५ सतक पुरा गरेका थिए। डि भिलियर्सको नाममा २४ छ।

न्युजिल्यान्डविरूद्ध तेस्रो एकदिवसीयमा अफ्रिका १ सय ५९ रनले विजयी भयो। अफ्रिकाले सुरुमा ८ विकेट गुमाउदै २ सय ७१ रन बनाएको थियो। प्रत्युत्तरमा न्युजिल्यान्ड १ सय १२ रनमा अलआउट भयो। ५ एकदिवसीयको शृंखलामा अफ्रिका २–१ ले अगाडि छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित