FLASH NEWS
  • Loading...

संशोधन प्रस्ताव टुङ्गोमा पुग्छ – नेता थापा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०० पटक पढिएको
Post Thumbnail


बागलुङ, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले संविधान संशोधन प्रक्रिया छिट्टै टुङ्गोमा पुग्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल बुर्तिबाङ एकाइ बागलुङले आइतबार गरेको पत्रकार भेटघाटमा नेता थापाले आउँदो संसद् बैठकबाट प्रक्रिया थप अघि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँले संविधान संशोधनको विरुद्धमा रहेको प्रमुख प्रतिपक्षी दलको समेत सहयोगमा प्रक्रिया अघि बढेको बताउनुभयो । “संशोधन प्रस्तावलाई प्रक्रियामा लान एमाले समेत सहमत बनेको छ” नेता थापाले भन्नुभयो “मधेसको मुद्दालाई न्यूनतम रुपमा भए पनि सम्बोधन गर्न सबै दल तयार देखिएका छन् ।”

सरकारद्वारा घोषित निर्वाचनलाई सफल पार्न सबै दल र नागरिक समाजले सकारात्मक भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । नेता थापाले निर्वाचनमा जानुबाहेकको अन्य कुनै विकल्प नभएको हुँदा मधेसवादी दललाई जिम्मेवार हुन आग्रह गर्नुभयो ।

सङ्घीय आयोग बनाएर सीमाङ्कनको विवाद टुङ्गाउने विषयमा सबै दल सैद्धान्तिक रुपमा सहमत देखिएको उहाँको भनाइ छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित