FLASH NEWS
  • Loading...

बार्सिलोनाले जित्यो, मेस्सी नायक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail

फागुन १६ – स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले जित निकाल्दै शीर्ष स्थानमा कायम रहेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–२ ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा भिल्लारियलले पहिलो अग्रता लियो । ५० औं मिनेटमा ट्रिगुएरोस मुन्ओज र ५६ औं मिनेटमा बाकाम्बुले गोल गरेपछि भिल्लारियलले २–० को अग्रता लियो । २–० ले पछि परेको अवस्थाबाट रियल मड्रिड खेलमा फर्कियो । ६४ औं मिनेटमा ग्यारेथ बेलले रियलका लागि पहिलो गोल गरे । ७४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा क्रिष्टियानो रोनाल्डोले रियलका लागि बराबरी गोल फर्काए । ८३ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि रियल मड्रिड ३–२ ले विजयी भयो । खेलमा रियल मड्रिडले पाएको पेनाल्टी भने विवादित रह्यो । ७३ औं मिनेटमा भिल्लारियलका भिक्टर रुइजले रियलका टोनी क्रसलाई रोके । त्यसक्रमा प्रहार भएको बल भिल्लारियलका ब्रुनो सारिएनोको काँधमा ठोक्कियो । रेफ्रि गिल मान्जोनोले ह्याण्डबल सोचे र रियल मड्रिडलाई पेनाल्टीको अवसर दिए । त्यसपछि भिल्लारियलका स्टाफले टचलाईनमा फोर्थ अफिसियलसँग विवाद गरे । भिल्लारियलका रोबर्टो साल्डाडोले पहेँलो कार्ड पाए । जितपछि शीर्ष स्थानको रियल मड्रिको २३ खेलबाट ५५ अंक भएको छ । रियल दोस्रो स्थानको बार्सिलोना भन्दा एक अंकले अघि छ र उसले भन्दा एक खेल कम खेलेको छ । तेस्रो स्थानको सेभिल्लाको ५२ अंक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित