FLASH NEWS
  • Loading...

४५ मिनेट भित्र दुई पटक भूकम्प, काठमाडौंमा पनि धक्का

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail

काठमाडौं, फागुन १६ – रामेछापमा सोमबार बिहान ४५ मिनेट भित्र दुई पटक भूकम्प गएको छ । बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको ४५ मिनेट पछि अर्थात १० बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टरको अर्को भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो । दुवै भूकम्प २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
यसअघि फागुन ७ गते धादिङ केन्द्र विन्दु भएर ४ रेक्टरको परकम्प गएको थियो । माघको २८ गते पनि दार्चुला केन्द्र विन्दु भएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित