FLASH NEWS
  • Loading...

ग्लोबल अचिभर्स अवार्डबाट ज्योतिष सन्तोष बशिष्ठ सम्मानित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail

 

काठमाडौ/लामो समयदेखि ज्योतिषीय क्षेत्रमा परिचित  नेपाल ज्योतिष परिषद्का महासचिव- आचार्य सन्तोष बाशिष्ठ भारतको न्यू दिल्लीमा  “ग्लोबल अचिभर्षअवार्ड “२०१७ बाट  सम्मानित भएका छन ।
बिश्व ज्योतिष सम्मेलनको आयोजना पर्ूर्वीय दर्शन विद्यापिठ, एसिया एस्ट्रोलोजर कंग्रेस, दक्षिण एसियाली ज्योतिष महासंघ र र्सार्क एस्ट्रोलोजर फेडेरेसनको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा बिश्व भरका ४०० बढि बरिष्ठ ज्योतिषहरुलाई पछि पार्दै आचार्य सन्तोष उक्त अवार्डबाट सम्मानित भए । फेब्रुवरी १८ देखि २० सम्म भएको उक्त ज्योतिष क्षेत्रमा पुर्‍याएको सेवा तथा खोज अनुसन्धान अन्तर्गत  रहेर पुर्‍याउन सक्ने भबिष्यबाणीको आधारमा उक्त अवार्ड दिने गरिन्छ ।
विश्वका ३५ भन्दा बढी राष्ट्रका चार सय वरिष्ठ ज्योतिषहरु सहभागी उक्त सम्मेलनलको उदेश्य ज्योतिषहरुको मर्यादा, अनुशासन तथा अनुसन्धान मुलक क्रियाकलापको मूल्यांकनमा जोड दिईएको थियो । उक्त सम्मेलनमा नेपालका ५१ जना ज्योतिषीहरुको सहभागिता रहेको थियो । नेपाली प्रतिनिधि मण्डलका नेतृत्व ज्यो.डा लोकराज पौडेलले गर्नुभएको उक्त सम्मेलन प्रत्येक ३/३ बर्षा हुने बताईएको छ । बिश्व ज्योतिष सम्मेलनले ज्योतिष ज्ञान, तथा अध्ययनको आधारमा पुर्‍याउन सक्ने भबिष्यबाणीको आधारमा एक ज्योतिषलाई सम्मानित गर्ने गर्दछ । त्यसै अनुरुपको महत्वपूर्ण अवार्ड ज्योतिष सन्तोष बाशिष्ठले प्राप्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित