FLASH NEWS
  • Loading...

कुखुरा फार्ममा आगलागी हुँदा रु २१ लाखको क्षति

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail

कलैया, १७ फागुन । बारा जिल्ला बेल्दारी–८ स्थित आरएस कुखुरा फार्ममा आज बिहान करिब ११ बजे ग्यास सिलिन्डर चुहावट भई आगलागी हुँदा करिब रु २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजदेवप्रसाद यादवको उक्त कुखुरा फार्ममा रहेको दुई केजी बराबरको तयारी कुखुरा चार हजार र दुई हजार ५०० वटा कुखुराको चल्ला उक्त आगलागीबाट क्षति भएको छ । आगो स्थानीय जनता र प्रहरीको सहयोगमा करिब दुई घन्टापछि नियन्त्रणमा आएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित