FLASH NEWS
  • Loading...

कपडा पसलमा आगलागी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail

बर्दिया, १८ फागुन । बर्दियाको सानोश्री ताराताल नगरपालिका–६ कुुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको पसल ‘हाम्रो वस्त्रालय’मा मङ्गलबार आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट काँचो कपडा, सिलाइ मेसिन लगायतका सामान नष्ट भएको परियारले बताउनुभयो । आगलागी के कारण भएको हो भन्ने विषयमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय सानोश्री तारातालले बताएको छ ।

स्थानीयवासीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको र आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित