FLASH NEWS
  • Loading...

स्थानीयवासीको लगानीमा मन्दिर निर्माण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२८ पटक पढिएको
Post Thumbnail


बेनी (म्याग्दी), १९ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटका स्थानीयवासी मिलेर आफ्नै लगानीमा मन्दिर निर्माण गरेका छन् ।

सो गाउँवासीले स्थानीयवासी दुर्गाबहादुर घिमिरेको नेतृत्वमा गाउँका १३२ घरबाट चन्दा सङ्कलन गरी रु तीन लाख ६५ हजारको लागतमा बगरफाँट शिवालय मन्दिर निर्माण गरेका हुन् ।

त्यसैगरी सो गाउँका स्थानीयवासी मिलेर मन्दिरसम्म जाने बाटो मर्मत र सरसफाइ पनि गरेका छन् । स्थानीयवासी डिल्लीमान घर्तीले दिएको एक कट्ठा जग्गामा सो मन्दिर निर्माण गरिएको हो । गाउँलेले रु पाँच सयदेखि १० हजारसम्म नगद सहयोग गरेका छन् । मन्दिर निर्माणका लागि स्थानीय सामुदायिक वन, आमा समूह र विदेशमा रहेका बगरफाँटवासीले समेत उल्लेख्य सहयोग गरेको मन्दिर निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर घिमिरेले बताउनुभयो ।

मन्दिर निर्माणका लागि रु तीन हजारदेखि माथिको रकम सहयोग गर्ने चन्दादाताको शिलालेखमा नाम अङ्कित गरिएको घिमिरेले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित