FLASH NEWS
  • Loading...

उपाधिसँगै रेल्वेले रु एक लाख ११ हजार नगद

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


नेपालगन्ज, १९ फागुन । चौथो संस्करणको यहाँ सञ्चालित प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेल्वे टोलीको पक्षमा गएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतको रेल्वेले नेपालको सशस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गरी उपाधि जितेको हो । स्थानीय रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगितामा रेल्वेले सशस्त्र प्रहरी टोलीलाई २७—२५, २५—१७ र २५—२२ अङ्कले पराजित गरेको थियो ।

उपाधिसँगै रेल्वेले रु एक लाख ११ हजार नगद हात पारेको छ भने सशस्त्रले रु ५५ हजार र कप तथा प्रमाणपत्र प्राप्त गरेको छ । सो प्रतियोगितामा दुई भारतीय र चार नेपालका गरी कुल छ टोलीको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित