FLASH NEWS
  • Loading...

हङकङ–तेह्रथुम मञ्चको अग्निपीडितलाई सहयोग

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
हङकङ–तेह्रथुम मञ्चको अग्निपीडितलाई सहयोग


तेह्रथुम, २० फागुन । तेह्रथुमको सङ्क्रान्तिबजारका अग्निपीडित परिवारलाई हङकङ–तेह्रथुम मञ्चले सहयोग रकम उपलब्ध गराएको छ ।

सङ्क्रान्तिबजार आइपुगेका मञ्चका सदस्य तथा समाजसेवी शान्तसागर फोम्बोले आगलागी क्षेत्रको निरीक्षण गर्दै मञ्चका तर्फबाट रु चार लाख सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

फोम्बोले सो रकम इलाका प्रशासन कार्यालय सङ्क्रान्तिबजारका प्रमुख सफल पोर्तेल र सङ्क्रान्तिबजार उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेललाई बुधबार संयुक्तरुपमा हस्तान्तरण गर्नुभयोे । सो रकम मञ्चमा आवद्ध नेपाली तथा तेह्रथुमेबाट सङ्कलन गरिएको फोम्बोले बताउनुभयो ।

यस्तै, मञ्चले खाम्लालुङका नौ पीडित परिवारलाई पनि सहयोग उपलब्ध गराएको छ । मञ्चले रु दुई लाख १७ हजार सहयोग गरेको हो । उक्त रकम भने क्षतिका आधारमा वितरण गरिएको इलाका प्रशासक पोर्तेलले बताउनुभयो । गत पुस १ गते भएको आगलागीले सङ्क्रान्तिबजारका २४ घर पूर्णरुपमा जलेका थिए भने अन्य पाँच घरमा आंशिक क्षति पुगेको थियो । आगलागीबाट ७३ परिवार विस्थापित हुँदा रु १४ करोड आठ लाख बराबरको क्षति भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित