FLASH NEWS
  • Loading...

भोज खाँदा बिरामी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


मलेखु (धादिङ), २० फागुन । ब्रतबन्धको भोज खाँदा ज्यामरुङ– ७ कुमाइज्यामरुङका १६ जना बिरामी परेका छन् ।
गाउँका सुरेश बयलकोटीका घरमा उनीहरुले आज ब्रतबन्धको भोज खाएको स्थानीयवासी मिठु बयलकोटीले जानकारी दिनुभयो । बिरामीको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
बिरामीमा पेट र टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुनेलगायतको लक्षण देखिएको जिल्ला अस्पताल धादिङका सुपरिटेन्डेन्ट रसिला अमात्यले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित