- Loading...
अकाल मृत्यु भएकाको आत्माका शान्तिका लागि महायज्ञ
- गोल्डेन खबर
- ७ साल अघि
- ११८ पटक पढिएको
काठमाडौँ, २० फागुन । भूकम्प, सडक दुर्घटनालगायत घटनामा परी अकाल मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गर्दै आजदेखि श्रीमद्भागवत महायज्ञ सुरु भएको छ ।
पशुपतिस्थित भुवनेश्वरी मन्दिर अगाडि सुरु भएको कार्यक्रम यही फागुन २७ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा सङ्कलित रकम भूकम्पपीडित र दुर्घटनामा परेका पीडितका परिवारलाई सहयोगस्वरुप प्रदान गरिने मूल आयोजक समितिका अध्यक्ष विजय बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै सांसद राजेन्द्रकुमार केसीले आध्यात्मिक गतिविधिका माध्यमबाट पीडित परिवारजनलाई शान्ति र सहयोग दिन महायज्ञ सफल हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले भागवतका माध्यमबाट अकालमा मृत्यु भएकाको आत्माले शान्ति पाउने बताउनुभयो ।
कार्यक्रममा सनातन धर्म सेवा समिति नेपालका अध्यक्ष होमसिंह बस्नेत, वाचक भागवतरत्न काश्यप, खप्पर बाबालगायतले दुर्घटनामा परी भड्किरहेका आत्माले शान्ति पाएपछि राष्ट्र शान्तिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस