FLASH NEWS
  • Loading...

गुणस्तरीय शिक्षामा जोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २१ फागुन । विद्यार्थीको सिकाइमा अभिभावकको ठूलो भूमिका रहेको शिक्षाविद्ले बताएका छन् ।

नवोदित विद्या कुञ्ज माध्यामिक विद्यालयको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला)ले समयको परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि परिवर्तन आएको बताउनुभयो ।

उहाँले वर्तमान अवस्थामा सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक शिक्षामा राज्यले जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डका उपसचिव डम्बरकुमार बतासले विद्यार्थीको शैक्षिक क्षेत्रको विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय सम्बन्ध हुनु आवश्यक रहेको बताउनुभयो ।

युनाइटेड स्कुलका प्राचार्य जेवी हमालले भोलीको देश निर्माण गर्ने जिम्मा आजका विद्यार्थीको भएको भन्दै जीवनोपयोगी शिक्षा अहिलेको आवश्यक रहेको बताउनुभयो ।

विद्यालयका प्राचार्य एवम् उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान)का सचिव राजेन्द्र अधिकारीले विद्यार्थीको रुचिका आधारमा विद्यालयले शिक्षा प्रदान गरिरहेको बताउँदै गुणस्तरीय शिक्षाका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

विसं २०५० मा स्थापना भएको उक्त विद्यालयमा हाल एक हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययन गरेको प्राचार्य अधिकारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित