FLASH NEWS
  • Loading...

निःशुल्क स्वास्थ्य शिविरमा साढे १३ सयको परीक्षण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


फलेवास (पर्वत), २२ फागुन । यहाँको एक विकट गाउँमा पाँच दिनसम्म सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार तीन सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका नागरिकलाई लक्षित गरी दक्षिण पर्वतको लुङ्खुदेउराली गाविसमा आयोजित निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा दाँत तथा हाइड्रोसिल र हर्नियाका बिरामीको शल्यक्रिया तथा उपचार गरिएको छ ।

एक हजार दुईसय ८६ दाँतका रोगीको परीक्षण तथा ४५ हाइड्रोसिल र हर्नियाका बिरामीको शल्यक्रिया गरिएको शिविर व्यवस्थापन समितिका संयोजक जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।

वरिष्ठ सर्जन डाक्टर रबिन कोइरालाको नेतृत्वमा अस्ट्रेलियाका आठ डाक्टर र ११ जना स्वास्थकर्मी तथा दन्तरोग विशेषज्ञ डाक्टर सूर्य मगरलगायत ६ जना नेपाली चिकित्सकले सेवा प्रवाह गर्नुभएको थियोे ।
निःशुल्क उपचार तथा औषधिसमेत निःशुल्क रुपमा पाएपछि ग्रामीण क्षेत्रमा रहेका विपन्न समुदायका बिरामी बढी लाभान्वित बनेका छन् ।
आर्थर डाँडाखर्कको शिविरमा साढे पाँच सयको परीक्षण

यसैगरी पर्वत जिल्लाको आर्थर डाँडाखर्क गाविसस्थित स्वास्थ्य चौकीमा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा पाँच सय ५० भन्दा बढीको परीक्षण गरिएको छ । स्थानीय स्वास्थ्य चौकीको व्यवस्थापन र लायन्स क्लब अफ पोखराको सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा पेट, छाती, मुटु, हाडजोर्नी, नशा, स्त्री रोग, बाल रोग, इसिजी, भिडियो एक्स–रे, ल्याब जस्ता सेवा प्रदान गरिएको थियो ।

ग्रामीण क्षेत्रका बासिन्दालाई गाउँमै विशेषज्ञ डाक्टरको सेवा सहितको सुविधा दिने उद्देश्यले आयोजित शिविरमा दुई सय ५० पुरुष र तीन सय ६ महिलाको परीक्षण गरिएको शिविर व्यवस्थापन समितिका सदस्य सुरेन्द्र गौतमले जानकारी दिनुभयो । शिविरमा लेकसिटी अस्पताल पोखराका चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीको परीक्षण तथा निःशुल्क औषधि उपलब्ध गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित