FLASH NEWS
  • Loading...

एमालेको अभियानमा कतै स्वागत, कतै कालोझण्डा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०१ पटक पढिएको
Post Thumbnail


सप्तरी २३ फागुन-नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन सोमबार कोशी ब्यारेज हुँदै कटेर सप्तरी जिल्लामा प्रवेश गरेका छन् ।
ऋभियानमा सहभागी राजमार्गको लौकहीमा आइपुग्दा एमाले नेताहरुलाई स्वागत गर्नेले खुशी साथ स्वागत गरे भने केहिले विरोध स्वरुप कालोझण्डा देखाए । तर प्रहरीको बाक्लो उपस्थिती र सुरक्षा कारण त्यहाँ कुनै अप्रिय घटना भने हुन पाएन् ।
त्यस्तै भोक्राहामा पनि एमाले नेताहरुलाई स्वागत गर्नेहरुको लर्को थियो । कोशीकटानमा मुसलमान समुदायका स्थानीयवासीले एमालेको अभियानलाई स्वागत गरे । भण्टाबारीमा पनि एमाले नेताहरुलाई स्वागत गर्न स्थानीयहरु उपस्थित थिए ।

सुनसरी र सप्तरीको सीमानामा अवस्थित कोशी ब्यारेजमा पनि स्थानीयले एमाले नेताहरुलाई स्वागत गरे भने केही युवाहरुले भने कालोझण्डा देखाएर विरोध गरेका थिए ।
भारदहमा पनि मोर्चाका कार्यकर्ताहरुले भेला भएर एमाले नेतालाई कालो झण्डा देखाए पनि अभियानमा सहभागी टोली सकुशल अगाडि बढेको छ ।

केपी ओलीलाई कडा सुरक्षा
अभियानमा अप्रिय घटना नहोस् भन्नका लागी एमाले अध्यक्ष केपी ओलीलाई सशस्त्र प्रहरीका चारवटा गाडीले सुरक्षा दिएका छन् । केपी ओली पाडि झलनाथ खनालको गाडी छ । खनालपछाडि क्रमशः माधवकुमार नेपाल, बामदेव गौतमर्,र् इश्वर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु छन् । उनीहरु सबैलाई प्रहरीले कडा सुरक्षा दिएका छन् । एमाले नेताहरुको सबैभन्दा अगाडि मैथिली भाषामा एमालेको अभियान र संविधानबारे माइकिङ गरिएको छ । सडक किनारामा सशस्त्र प्रहरी र जनपथ प्रहरी व्यापक मात्रामा खटाइएका छन् ।
सुनसरीका प्रहरी प्रमुखका अनुसार कोशी कटेर सप्तरीसम्म आइपुग्दा करिब ४ हजार एमाले नेता कार्यकर्ता सडकमा छन् । साना ठूला गरी गरी ३ सय गाडीहरु सडकमा छन् । सुनसरी र मोरङबाट पनि एमाले कार्यकर्ताहरु ठूला गाडीमा सप्तरी आएका छन् ।
सप्तरीको राजविराज लगायतका स्थानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर पर््रदर्शन गरिरहेका छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित