FLASH NEWS
  • Loading...

कार पल्टिदा चालकको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


कोहलपुर, (बाँके), २३ फागुन । नेपालगन्ज सुर्खेत सडक खण्डमा पर्ने बाँकेको पार्वतीपुरमा कार पल्टिदा एक जनाको मृत्यु गएको छ, भने कारमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।

आज मध्यान्न करिब १२.३० बजे कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा१२च २०७२ नम्बरको सुजुकी कार सडकमा हिँडिरहेको कुकुरलाई बचाउने क्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कार दुर्घटनामा परी सवारी चालक नेपालगन्ज उपमहानगरपालिका–१ का २८ वर्षीय मोहमद सकिल हलवाइको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कारमा सवार अन्य दुईजनाको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । घाइते दुबै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित