FLASH NEWS
  • Loading...

मधेसको घटना दुःखद र निन्दनीय पौडेल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail


दमौली, २४ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहरिन नहुने बताउनुभयो ।

मुलुकभित्र देखिएका विद्यमान समस्या समाधान आवश्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि गर्नुपर्ने नेता पौडलले बताउनुभयो ।

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई सो घटनाले प्रभाव पार्न नहुने पौडेलको भनाइ थियो । मधेसको घटनाले स्थिति बिगँ्रदै गएकाले सरकारलाई संयम हुन उहाँले सुझाव दिनुभयो । मधेसको घटनालाई लिएर एमालेले तीन दिनका लागि कार्यक्रम स्थगन गर्नु सकारात्मक पक्ष भएको पनि नेता पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित